Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • छोरालाई सत्ता सुम्पिने कम्बोडियाका प्रधानमन्त्री हुन सेनको घोषणा

    छोरालाई सत्ता सुम्पिने कम्बोडियाका प्रधानमन्त्री हुन सेनको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 777
    SHARES

    फाइल तस्विर

    एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफ्ना छोरालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् ।

    लामो समयसम्म सत्तामा रहने विश्वका नेताहरूमध्येका एक सेनले राजीनामा दिने र आगामी अगस्टमा छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।



    प्रधानमन्त्री सेनको यो अप्रत्याशित घोषणा कम्बोडियामा चुनाव भएको ३ दिनपछि आएको हो ।



    यही जुलाई २३ मा भएको संसदीय चुनावमा उनको दल कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले १२५ मध्ये १२० सिट जितेको दाबी गरेको छ । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रूपमा परिणाम घोषणा आगामी अगस्ट ९ मा गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार