Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हुन माने बने कम्बोडियाको नयाँ प्रधानमन्त्री

    हुन माने बने कम्बोडियाको नयाँ प्रधानमन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 852
    SHARES

    एजेन्सी । कम्बोडियाको प्रधानमन्त्रीमा हुन माने नियुक्त भएका छन्  । उनलाई कम्बोडियाली राजा नोरोदोम सिहामोनीले सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

    उनी करिब चार दशक कम्बोडियामा शासन गरेका हुन सेनका जेठा छोरा हुन्  । सेनले हालै आफू अब प्रधानमन्त्री नबन्ने र छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।



    ४५ वर्षीय हुन प्रधानमन्त्री बने पनि उनले आगामी अगस्ट २२ मा संसद्बाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।



    कम्बोडियामा गत जुलाई २३ मा भएको संसदीय चुनावमा सेनको दल कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले १२५ मध्ये १२० सिट जितेको दाबी गरेको छ । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रूपमा परिणाम घोषणा यही अगस्ट ९ मा गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार