Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भारतमा एकैदिन साढे ४ हजार कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

    भारतमा एकैदिन साढे ४ हजार कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 486
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा साढे ४ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ४ हजार ४३५ नयाँ संक्रमित थपिएका हुन् ।



    करिब साढे पाँच महिना (१६३ दिन) यताकै यो एकैदिनमा थपिएका सबैभन्दा धेरै हो ।



    यस्तै, भारतमा एकैदिन १५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

    दैनिक संक्रमणदर बढेर ३.३८ प्रतिशत पुगेको छ भने मन्त्रालयको तथ्यांकअनुसार हालसम्म देशमा २ करोड २० करोड ६ लाख डोज कोरोना खोप दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार