Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भोलिदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

    भोलिदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 387
    SHARES

    काठमाडौं । सरकारले भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ।

    हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको हो ।



    यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिएपनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।



    अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ। अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन्।

    सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो। दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार