Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कैलालीमा बिहीबारदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

    कैलालीमा बिहीबारदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 726
    SHARES

    कैलाली । कैलालीमा हात्तीपाइले रोगविरुद्धको औषधि बिहीबारदेखि खुवाइने भएको छ ।

    फागुन ११ देखि २५ गतेसम्म जिल्लाभरि औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । सो कार्यालयका अनुसार औषधि खुवाउने अभियान सञ्चालनको तयारी पूरा भएको छ ।



    जिल्लामा करिब सात लाख ९० हजार जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका हात्तीपाइले फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिए । स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने उनले बताए ।



    कैलालीमा ११ औँ पटक औषधी खुवाउने अभियान सञ्चालन हुन लागेको हो । यसअघि १० वर्षमा १० पटक सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुदूरपश्चिमका अन्य आठ जिल्लामा भने हात्तीपाइले निवारणको घोषणा भइसकेको छ । सर्वसाधारणले औषधी सेवन नगरिदिँदा कैलालीमा निवारण हुन नसकेको फोकल पर्सन धामीले बताए ।

    कैलालीसहित झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ र बाँके जिल्लामा यो अभियान शुरु हुन लागेको धामीले बताए ।

    फोकल पर्सन धामीका अनुसार कैलालीमा यस वर्ष १३ पालिकाका एक सय २६ वडाका एक सय ४२ स्वास्थ्य संस्थाबाट औषधी खुवाउने व्यवस्था मिलाइएको छ । छुटेकालाई घरमै गएर औषधि खुवाइने धामीले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार