Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेतासंग छलफल गर्दै सभामुखले देवराज

    प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेतासंग छलफल गर्दै सभामुखले देवराज

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 291
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुसङ्ग आज छलफल गर्दै छन् ।

    सभामुखको सचिवालय का अनुसार आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उक्त छलफल गर्न हुने भएको हो ।



    यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।



    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूहरूका माग पूरा नभए संसद् बैठक चल्न नदिने जनाएको छ ।

    नियमित रूपमा बैठक सञ्चालनका विषयमा सहमति जुटाउने प्रयासस्वरूप सभामुखले शीर्ष नेताहरूलाई बोलाएका हुन् ।

    प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलाई छलफलमा बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार