Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सभामुखले डाकेको बैठक दिउँसो २ बजेका लागि सर्‍यो

    सभामुखले डाकेको बैठक दिउँसो २ बजेका लागि सर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 429
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको बैठक सरको छ । सिंहदरबारमा बिहान साढे १० बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको हो ।

    सभामुख घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।



    छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको हो ।



    सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने ‘अल्टिमेटम’ दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार