Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • शीर्ष चार दलका नेतासँग छलफल गर्दै सभामुख घिमिरे

    शीर्ष चार दलका नेतासँग छलफल गर्दै सभामुख घिमिरे

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 870
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

    सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।



    छलफल बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाइएको छ । घिमिरेले आइतबार नै चारै नेतालाई टेलिफोन गरेर छलफलको समय निर्धारण गरेका हुन् ।



    छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको बताइएको छ ।

    गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार