Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अन्तर्राष्ट्रिय सम्बन्धलाई शान्तिपूर्ण माध्यमबाट व्यवस्थापन गरिनु नै कूटनीति हो : सभामुख घिमिरे

    अन्तर्राष्ट्रिय सम्बन्धलाई शान्तिपूर्ण माध्यमबाट व्यवस्थापन गरिनु नै कूटनीति हो : सभामुख घिमिरे

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 285
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले विमतिहरूलाई संवादका माध्यमबाट शान्तिपूर्ण तरिकाले समाधान गर्न सक्नु नै मानव जातिको श्रेष्ठताको उत्कृष्ट उदाहरण भएको बताएका छन् ।

    स्विजरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८औँ महासभालाई आज सम्बोधन गर्दै यस्तो बताएका हुन् ।



    उनले जलवायु परिवर्तनको गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रहरूले अन्तरराष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउन आह्वानसमेत गरे ।



    ‘अन्तर्राष्ट्रिय सम्बन्धलाई संवाद, वार्ता र अन्य शान्तिपूर्ण माध्यमबाट व्यवस्थापन गरिनु नै कूटनीति हो । विवादको समयमै निरूपण गर्दै सहकार्य प्रवर्धन र साझा हितको बढावा गर्ने कूटनीति मार्फत मात्रै राष्ट्रहरूबीच संवाद, सहकार्य र सम्मानका माध्यमबाट सम्पूर्ण मानवजातिकै अधिकतम कल्याणका लागि अघि बढ्ने सिंगो विश्वको सामूहिक प्रयास सफल हुन सक्छ,’ उनले भने ।

    उनले संसदीय कूटनीति परम्परागत कूटनीतिको पूरक रहेको पनि बताए । संसद् आफैँमा लोकतन्त्र र जनमतको उपज रहेको बताउँदै उनले संसदीय कूटनीतिले अन्तर्राष्ट्रिय सम्बन्धहरूमा लोकतान्त्रिक आयाम र वैधता थप गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार