Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारत लोकसभा निर्वाचन : आज तेस्रो चरणको मतदान हुँदै

    भारत लोकसभा निर्वाचन : आज तेस्रो चरणको मतदान हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 264
    SHARES

    एजेन्सी । भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान आज हुँदैछ। तेस्रो चरणअन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरेर १२ प्रदेशका ९३ सिटका लागि मंगलबार मतदान हुन लागेको हो।

    ९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन्। मंगलबार असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान हुनेछ।



    त्यसैगरी जम्मु कश्मीर र एक अन्य केन्द्र शासित प्रदेश गरेर तीन सिटका लागि मंगलबार नै मतदान हुँदैछ।



    संसद्को तल्लो सदन लोकसभाका ५ सय ४३ सिटका लागि भारतमा सात चरणमा निर्वाचन भइरहेको छ। यसअघि अप्रिल १९ र २६ मा गरी १९० सिटका लागि मतदान भइसकेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार