Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    आज तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 210
    SHARES

    काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

    कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठक आज बस्ने भएको हो ।



    तीन वटै समितिको बैठक बिहान ११ बजे बस्नेछ । कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि बफादार छलफल हुनेछ ।



    शिक्षा समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

    त्यस्तै सरोकार समितिमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशा, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्याका विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार