Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • तीनवटा संसदीय समितिको बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

    तीनवटा संसदीय समितिको बैठक आज बस्दै, के-के छन् एजेण्डा ?

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 315
    SHARES

    काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।

    बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।



    बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनासम्बन्धमा छलफल हुनेछ ।



    बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरू र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुनेछ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा सार्वजनिक सेवा प्रशारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार