Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अमेरिकामा कोरोनाविरुद्द पूर्ण खोप लगाएकाहरुले मास्क लगाउन नपर्ने

    अमेरिकामा कोरोनाविरुद्द पूर्ण खोप लगाएकाहरुले मास्क लगाउन नपर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ बैशाख २०७८
  • 2K
    SHARES

    एजेन्सी। अमेरिकामा कोरोना भाइरसविरुद्द पूर्ण खोप लगाएका मनिसहरुले मास्क लगाउन नपर्ने बताइएको छ।

    बिहिबार अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले कोभिडविरुद्धको पूर्ण खोप लगाएकाले अब मास्क लगाइराख्नु नपर्ने भन्दै घरभित्र होस् या बाहिर पूर्ण रुपमा खोप लगाएकाले मास्क लगाउनु नपर्ने जनाएको हो।



    सिडिसीकी निर्देशक डाक्टर रोसेल वालेन्स्कीले ह्वाइट हाउसमा गरिएको कोभिड-१९ ब्रिफिङ गर्दै भनिन्, ‘यदि तपाईले पूर्ण रुपमा खोप लगाउनुभएको छ भने तपाईले महामारीअघि जस्तो गर्नुहुन्थ्यो, त्यस्तै गर्न सक्नुहुन्छ। ‘



    तीन वटा अध्ययनका उदाहरण प्रस्तुत गर्दै वालेन्स्कीले पूर्ण रुपमा भ्याक्सिन लगाएकाले अब मास्क थन्काउनसक्ने बताइन।

    ‘हामी यो अवस्थासम्म आइपुग्न सफल भएका छौं। यदि तपाईले पूर्णरुपमा भ्याक्सिन लगाउनुभएको छ भने तपाईले घरबाहिर मास्क लगाउनु पर्दैन, उनले भनिन्।

    हालसम्म अमेरिकामा पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु ११७ मिलियनभन्दा धेरै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार