Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकाले पहिलो चरणमा ३ फरक कम्पनीका कोरोना खोप बाँड्दै

    अमेरिकाले पहिलो चरणमा ३ फरक कम्पनीका कोरोना खोप बाँड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २१ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । अमेरिकाले नेपाल लगायतका देशहरुलाई कोभ्याक्स कार्यक्रममार्फत् तीन कम्पनीका कोरोना खोप बाँड्ने भएको छ । समाचार स्रोतका अनुसार जोन्सन एण्ड जोन्सन, पिफाइजर र मोडेर्ना कम्पनीका खोप बाँड्न लागिएको हो ।

    बिहीबार अमेरिकी राष्ट्रपतिले जो बाइडनले विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।



    पहिलो चरणमा नेपाल लगायत बिभिन्न मुलुकलाई दुई करोड ४ लाख डोज खोप दिने घोषणा अमेरिकाले गरेको छ । नेपालले कुन कम्पनीको कति डोज खोप पाउने भन्ने निश्चित भइसकेको छैन ।



    यसअघि अमेरिकी दुताबासको फेसबुक पेजमा नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभिड -१९ भ्याक्सिन प्राप्त गर्ने उल्लेख गरिएको थियो ।

    अमेरिकी दुताबासको फेसबुक पेजमा भनिएको छ, ‘हामी विश्वव्यापी रूपमा नै कोभिड -१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड -१९ भ्याक्सिन सहयोगको घोषणा गर्नुभएको छ। कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सिन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभिड -१९ भ्याक्सिन प्राप्त गर्नेछन्। हामी सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार