Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र चिनियाँ अन्तर्राष्ट्रिय विकास एजेन्सीका अध्यक्षबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ अन्तर्राष्ट्रिय विकास एजेन्सीका अध्यक्षबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 123
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका अध्यक्ष लु झाउ हुईबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको हो ।



    प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिंदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए ।



    अध्यक्ष झाउ हुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार