Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इजरायलले विश्वव्यापी समर्थन गुमाउँदैछ : जो बाइडेन

    इजरायलले विश्वव्यापी समर्थन गुमाउँदैछ : जो बाइडेन

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 627
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वव्यापी समर्थन गुमाएको बताएका छन् । मंगलबार कोष जुटाउने कार्यक्रममा बाइडेनले यस्तो बताएका हुन् ।

    अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि अमेरिकाले इजरायललाई खुलेर समर्थन गर्दै आएको छ ।



    बाइडेनले अमेरिका सधैं इजरायलको साथमा रहेको दोहोर्‍याए पनि यससँगै उनले इजरायललाई निर्देशन दिँदै भने, ‘अमेरिका इजरायलको साथमा उभिएको छ, अहिले यसमा अमेरिकाबाहेक अरू पनि छन् । युरोपेली युनियन छ, युरोप छ, दुनियाँका धेरै देश छन् तर अन्धाधुन्ध बमबारीका कारण उनीहरूले धेरैजसो समर्थन गुमाउँदै छन् ।



    बाइडेनले भने, ‘हामासविरुद्ध कारबाही गर्ने आवश्यकताको बारेमा कुनै प्रश्न छैन र इजरायलसँग त्यसो गर्ने पूर्ण अधिकार छ।’

    हालै अमेरिकाले इजरायललाई ‘मानव जीवनलाई प्राथमिकता दिन’ र गाजाका जनतालाई द्वन्द्वबाट बच्न स्पष्ट निर्देशन दिन निर्देशन दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार