Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत

    अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री गाजामा मानवीय सहायता जारी राख्न सहमत

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 717
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग टेलिफोन वार्ता गरेका छन् । सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।

    ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति बाइडेनले नेतान्याहूलाई गाजा र वरपरको क्षेत्रका घटनाक्रमबारे छलफल गर्न सम्पर्क गरेका हुन् । छलफलका क्रममा उनीहरूले गाजा क्षेत्रमा मानवीय सहयोगको निरन्तर प्रवाह हुने कुराको सुनिश्चित गरेका छन् ।



    राष्ट्रपति बाइडेनले हमासद्वारा अक्टोबर ७ मा गरिएको आतंकवादी हमलापछि मानवीय सहायतालाई तीव्रता दिन पहल गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “मानवीय सहायताका प्याकेज सहायता सिमाना पार गरी गाजामा पुगेको छ र आवश्यक परेका प्यालेस्टाइनीलाई वितरण गरिएको छ ।”



    साथै, उनले दुई अमेरिकी बन्धकलाई रिहा गर्न इजरायलले गरेको प्रयासको प्रशंसा गरेका छन् । परिवारिक स्रोतका अनुसार उनीहरू दक्षिणी इजरायलको किसान समुदाय नाहाल ओजमा आफन्तलाई भेट्न गएका थिए । आमाको खराब स्वास्थ्यका कारण ‘मानवीय आधारमा’ उनीहरूलाई रिहा गरिएको थियो ।

    साथै, दुई नेताले हमासद्वारा कब्जामा लिएका अमेरिकी नागरिकसहित बाँकी सबै बन्धकलाई अझ सुरक्षित बनाउने प्रयासबारे छलफल गरे । गाजाका अरू नागरिकलाई पनि सुरक्षित मार्ग उपलब्ध गराउने तरिकाबारे विचार आदानप्रदान गरे । उनीहरू पछिल्लो घटनाक्रमबारे निकट सम्पर्कमा रहिरहने बताइएको छ ।

    इजरायलले गाजा क्षेत्रमा हमासविरुद्ध आक्रमण जारी राखेका बेला १४ ट्रक मानवीय राहतका सामग्री रफाह क्रसिङ हुँदै सोमबार गाजापट्टीमा प्रवेश गरेको सीएनएनले उल्लेख गरेको छ । यी सहायता ट्रक इजिप्टियन रेड क्रिसेन्ट र संयुक्त राष्ट्रसंघद्वारा प्रायोजित रहेको बताइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार