Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनको विश्वास : हमासले छिट्टै बन्धक छाड्ने छ

    अमेरिकी राष्ट्रपति बाइडेनको विश्वास : हमासले छिट्टै बन्धक छाड्ने छ

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 546
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले छिट्टै नै बन्धकहरू छाड्न सक्ने बताएका छन् । राष्ट्रपति बाइडेनले हमासले बन्धक छाड्ने विषयमा सम्झौतानजिक पुगिएको बताएका हुन् ।

    एक कार्यक्रममा पत्रकारको ‘हमासले बन्धकहरू छोड्ने हल्ला छ नि,’ भन्ने प्रश्नमा बाइडेनले भने, ‘मलाई नि यस्तै विश्वास छ ।’ अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले यसअघि पनि केही बन्धक छुटाउन पहल गरेको थियो ।



    आईसीआरसीकी अध्यक्ष मिर्जाना स्पोलजारिचले कतारमा हमासको राजनीतिक ब्युरोका अध्यक्ष इस्माइल हनियासँग सोमबार भेटवार्तासमेत गरेकी छिन् ।



    रेडक्रसले हमासलाई तत्काल बन्धकहरू छाड्न पनि आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार