Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता, के भयो कुराकानी ?

    अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 861
    SHARES

    काठमाडौं । चीन र अमेरिकाका राष्ट्रपति सी जिनपिङ र जो बाइडेनबीच भेटवार्ता भएको छ ।

    दुई शक्ति राष्ट्रका राष्ट्रप्रमुखहरुको भेटवार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले रचनात्मक र फलदायी छलफल भएको बताएका छन्।



    ‘हामीले हाम्रा देशहरू बीचको कूटनीतिको विगत धेरै महिनाहरूमा राखिएको आधारभूत विषयहरुमा रचनात्मक छलफल गर्यौं र महत्त्वपूर्ण प्रगति गर्यौं’ उनले भनेका छन्। भेटमा सीले अमेरिका–चीन सम्बन्धमा ताइवान ठूलो मुद्दा भएको बताए ।



    चीनले ताइवानमा ठूलो आक्रमणको तयारी नगरेको सीको संकेत रहेको र शक्ति प्रयोग गर्न सकिने अवस्था बारे कुरा गरेको अमेरिकी अधिकारीले बताएका छन् । ​

    सीले चीनको प्राथमिकता स्वशासित टापु ताइवानसँग शान्तिपूर्ण पुनर्मिलन भएको बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार