Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • इलाम-२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

    इलाम-२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 573
    SHARES

    इलाम । इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

    सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकमा बोलाइएको हो ।



    मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मत गणना हुने छ।



    मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।

    इलाम २ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६६९ हजार २८७ जनाले मतदान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार