Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सी चिनफिङ र जो बाइडेनबीच शुभकामना आदानप्रदान

    सी चिनफिङ र जो बाइडेनबीच शुभकामना आदानप्रदान

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 423
    SHARES

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार बधाई सन्देश आदानप्रदान गरेका छन् ।

    उनीहरुले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गरेका हुन् ।



    चिनियाँ राष्ट्रपति सीले सन्देशमा चीन अमेरिकाबिचको कूटनीतिक सम्बन्ध स्थापनामा अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा ठूलो घटना भएको बताए ।



    राष्ट्रपति सीले भने, “चीन–अमेरिका सम्बन्धले ४५ औ वर्ष पार गरेको छ । कुटनैतिक सम्बन्धले दुई देशका जनताको हित तथा विश्व शान्ति, स्थायित्व र समृद्धिलाई समेत प्रवद्र्धन गरेको छ ।”

    राष्ट्रपति सीले चीन र संयुक्त राज्य अमेरिकालाई राष्ट्रले हासिल गरेको सााझा तथा नतिजालाई कार्यान्वयन गर्न र चीन–अमेरिकाको स्थिर, स्वस्थ र दिगो विकासको प्रवर्द्धन गर्न ठोस कदम चाल्न आह्वान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार