Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • काठमाडौंको एसएसपीमा रजौरे, अपराध अनुसन्धान कार्यालयमा भट्टराईको सरुवा

    काठमाडौंको एसएसपीमा रजौरे, अपराध अनुसन्धान कार्यालयमा भट्टराईको सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी वसन्त रजौरे सरुवा भएका छन् ।



    यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।



    यसैगरी परिसरको हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

    यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी रानुराम भट्टराईको सरुवा भएको छ ।

    यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेको थिए ।

    यस्तै तालिम केन्द्र विराटनरगमा एसएसपी अभिनारायण काफ्लेको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार