Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 228
    SHARES

    काठमाडौं । टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले राष्ट्रपति तैयप एर्दोगानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

    अङ्कारास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । अधिकारी पाकिस्तानका निम्ति नेपालको आवासीय राजदूत छन्।



    राष्ट्रपति एर्दोगानले राजदूत अधिकारीलाई टर्कीएको पनि कार्यभार सम्हालेकामा बधाई ज्ञापन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालप्रति शुभकामना व्यक्त गरेका थिए ।



    उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका साथै नेपाली जनताको निरन्तर समृद्धिको कामना गरे।

    ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपति एर्दोगानसँग भएको शिष्टाचार भेटमा राजदूत अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट टर्कीएका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै टर्कीएका जनताको निरन्तर प्रगतिको कामना गरेको इस्लामावादस्थित नेपालको राजदूतावासले जनाएको छ ।

    राजदूत अधिकारीले नेपाल र टर्कीएबीचको सम्बन्ध आपसी विश्वास र सहयोगमा आधारित रहेको उल्लेख गर्दै दुवै देशले साझा चासोका विषयमा संयुक्त राष्ट्रसङ्घलगायत अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार