Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • टर्कीको राष्ट्रपतिमा रिसेप तैयप एर्डोगान विजयी

    टर्कीको राष्ट्रपतिमा रिसेप तैयप एर्डोगान विजयी

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 534
    SHARES

    एजेन्सी । टर्कीका वर्तमान राष्ट्रपति रिसेप तैयप एर्डोगान राष्ट्रपति चुनावमा विजयी भएका छन् । उनले ५२ प्रतिशत मत प्राप्त गर्दै प्रतिद्वन्द्वी केमल किलिच्दारोग्लुलाई पराजित गरेका हुन् ।

    त्यहाँका निर्वाचन अधिकृतका अनुसार एर्डोगानले ५२ दशमलव १६ प्रतिशत मत ल्याए ।



    दुई हप्ता अघि मे १४ तारिखमा भएको पहिलो चरणको मतदानमा वर्तमान राष्ट्रपति एर्डोगान र उनका प्रतिस्पर्धी किलिच्दारोग्लु दुवैले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो पुनः मतदान भएको हो ।



    टर्कीमा राष्ट्रपति चुनिन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । २० वर्षसम्म सत्तामा रहेका एर्डोगान फेरि ५ वर्षका लागि राष्ट्रपतिमा चयन भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार