Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • टर्कीमा डुंगा डुब्दा ५ बालबालिकासहित २१ आप्रवासीको मृत्यु

    टर्कीमा डुंगा डुब्दा ५ बालबालिकासहित २१ आप्रवासीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 303
    SHARES

    एजेनसी । टर्कीको सामुद्रिक तटमा एउटा डुंगा डुब्दा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु भएको छ ।

    उक्त घटना उत्तर पश्चिमी प्रान्त क्यानाक्कलेको इसेबात जिल्लाको तटमा भएको थियो ।



    कानाक्कलेका गभर्नर इल्हामी अक्तासलाई उद्धृत गर्दै टीआरटीले घटनास्थलमा दुई हेलिकप्टर र दस कोस्ट गार्डको उद्धार डुङ्गाको सहयोगमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।



    डुङ्गामा सवार व्यक्तिहरूको सही सङ्ख्या, उनीहरूको उद्देश्य गन्तव्य र घटनाका कारण बेपत्ताहरूको सङ्ख्या अस्पष्ट रहेको बताइएको छ ।

    टर्कीएमा अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थी रहेका छन् । समृद्ध युरोपेली सङ्घ (इयु) का मुलुकहरूतिर जान धेरै आप्रवासी टर्कीएको पश्चिमी तटबाट ग्रिक टापु पुग्ने प्रयास गर्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार