Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • टर्कीमा विष्फोटक पदार्थको कारखानामा विस्फोट, ५ जनाको मृत्यु

    टर्कीमा विष्फोटक पदार्थको कारखानामा विस्फोट, ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 813
    SHARES

    एजेन्सी । टर्कीमा रकेट र विस्फोटक पदार्थ बनाउने कारखानामा भएको भीषण विष्फोटमा परी ५ कामदारको मृत्यु भएको छ ।

    राजधानी अंकाराबाट ४० किलोमिटर टाढा रहेको सरकारी स्वामित्वको एमकेई रकेट र विस्फोटक कारखानामा शनिबार बिहान दुर्घटना भएको हो ।



    टर्कीको सरकारी टेलिभिजनले विष्फोटले नजिकैका घर र पसलका झ्यालका सिसा फुटेका जनाएको छ । घटनामा धेरै मानिस घाइते भएका छन् ।



    अधिकारीहरुका अनुसार कारखानाको डाइनामाइट विभागबाट विष्फोट सुरु भएको हो । क्षेत्रीय गभर्नर वाहप साहिनले भग्नावशेषमा कुनै पनि कर्मचारी नफसेका बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार