Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय

    सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय

    अनलाइन नेपाल
  • शनिबार, १३ माघ २०८०
  • 597
    SHARES

    काठमाडौं । नेपाली सेनाले ६५ विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको छ ।

    जिल्ला प्रहरी कार्यालय संखुवासभा परिसरस्थित हेलिप्याडनजिक यही माघ ११ गते भेटिएका ती विस्फोटक पदार्थ निष्क्रिय तुल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतको द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने सेनाको अनुमान छ ।



    संखुवासभा जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सरसफाइका क्रममा भेटिएको ती विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा निष्क्रिय तुल्याएको जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार