Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ

    ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 363
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । काठमाडौंको ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

    कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।



    नागार्जुन नगरपालिका-३ ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर शाहीले परीक्षा हलमा प्रवेश गरेपछि बिहान सवा ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार