Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • गोकर्णेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

    गोकर्णेश्वरबाट पेस्तोलसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 231
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

    गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नयाँ बस्ती पहेँलो पुल नजिकैबाट प्रहरीले ३८ वर्षीय मिमसिंह लामालाई पक्राउ गरेको हो ।



    उनले बा १८ च ८३६१ नम्बरको गाडीमा हतियार बोकेर हिँडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।



    उक्त सूचनापछि खटिएको प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरेको हो।

    पक्राउ परेका लामाबाट एउटा सेमी अटोमेटिक पेस्तोल र चार राउण्ड गोली बरामद गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार