Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • प्रहरी हुँ भन्दै लुटपाट गर्ने दुई जना गोकर्णेश्वरबाट पक्राउ

    प्रहरी हुँ भन्दै लुटपाट गर्ने दुई जना गोकर्णेश्वरबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 393
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरी हुँ भन्दै लुटपाट गरेको आरोपमा काठमाडौंबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा काभ्रेको तेमाल गाउँपालिका–७ घर भएका सन्देश तामाङ र काभ्रेकै रोशी गाउँपालिका–३ का ३१ वर्षीय हिरालाल तामाङ छन् ।



    उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।



    चैत २ गते बिहान १० बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ यज्ञमार्टको क्याफेमा चिया खाइरहेका व्यक्तिलाई उनीहरुले लुटपाट गरेका थिए ।

    चिया पिइरहेका सप्तरीका विजय गोइतलाई उनीहरुले आफूहरु प्रहरी हो बताउँदै लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    गोइतलाई सुनको अवैध कारोबार गरेको भन्दै धम्क्याएर जाँच गर्ने निहुँमा ४० हजार नगद र उनको कोठाबाट सुनको औठी र बिल समेत लुटेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार