Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स प्रमुख मूर्ति नेपालमा

    इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स प्रमुख मूर्ति नेपालमा

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 273
    SHARES

    काठमाडौं । इन्डोनेसियाको नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्ति नेपाल भ्रमणमा आएका छन्।

    डिभिजन प्रमुख आईजीपी मूर्ति पाँच दिने भ्रमणका लागि ६ सदस्यीय टोलीसहित नेपाल आएका हुन् ।



    आईजीपी मूर्तिको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक जनकराज भट्टराई लगायतले स्वागत गरेका थिए।



    भ्रमणको क्रममा आईजीपी मूर्तिसहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम छ।

    मूर्तिको टोली विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा छलफलका लागि आएको नेपाल प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार