Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, १३ चैत्र २०७९
  • 999
    SHARES

    काठमाडौं। नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवाका लागि सिफारिस गरिएको छ।

    बढुवा सिफारिसको सोमबार बसेको बैठकले मीरा चौधरी, सुदीप गिरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको हो ।



    उनीहरू सबै वर्तमान आईजीपी वसन्त कुँवरका ब्याची हुन् । सरकारले चैत १० गते कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो ।



    टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भइसकेका छन्।

    चैत ११ गतेदेखि एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकास भएपछि र कुँवर आईजीपीमा पदोन्नती भएपछि नेपाल प्रहरीमा चार एआईजी रिक्त भएको थियो।

    नेपाल प्रहरीका ८ एआईजी दरबन्दीमध्ये तीनजनाले चैत १० गते मध्यरातबाट अवकाश पाएका थिए । नेपाल प्रहरीमा जनजपदतर्फ ८ एआईजीको दरबन्दी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार