Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ६ एसएसपीको सरुवा : काठमाडौंमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई

    ६ एसएसपीको सरुवा : काठमाडौंमा रजौरे, अपराध अनुसन्धानमा भट्टराई

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 11.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयले बसन्त रजौरेलाई जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको जिम्मेवारी दिएको हो ।



    यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।



    यसैगरी परिसरको हालका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

    यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी रानुराम भट्टराईको सरुवा भएको छ ।

    यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेको थिए ।

    यस्तै तालिम केन्द्र विराटनरगमा एसएसपी अभिनारायण काफ्लेको सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

    कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार