Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • इन्डोनेसियाको राष्ट्रपतिमा सुबिआन्तो विजयी

    इन्डोनेसियाको राष्ट्रपतिमा सुबिआन्तो विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 243
    SHARES

    एजेन्सी । इन्डोनेसियाको राष्ट्रपति निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबिआन्तो विजयी भएका छन्।

    सेनामा रहेका बेला मानवअधिकार उल्लंघनको आरोप लागेका ७२ वर्षीय सुबिआन्तोले ५८.५९ प्रतिशत मत पाएका हुन् ।



    प्रतिद्वन्द्वी अनिस बसवेडनले २५ प्रतिशत र गन्जर प्रणोवोले १६ प्रशित मत पाएका छन् ।



    निर्वाचन परिणाम सार्वजनिक भएसँगै सुबिआन्तोले जनताको हितमा काम गर्न कडा मिहिनेत गर्ने बताएका छन् । यद्यपि उनका दुबै प्रतिद्वन्द्वीले चुनावी नजितालाई चुनौती दिने बताएका छन् ।

    इन्डोनेसियामा २०.५ करोड मतदाता छन्, यही १४ फेब्रुअरीमा भएको निर्वाचनमा ८० प्रतिशतले मतदान गरेका थिए । तर राष्ट्रपति चुनाव प्रचारका क्रममा उनले आफ्नो छवि सुधारका लागि सामाजिक सञ्जालमार्फत निकै मिहिनेत गरे ।

    उनले प्रचारमा युवाहरुलाई आकर्षित गर्ने प्रयास गरे । उनले आगामी अक्टोबरमा वर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार