Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • इन्डोनेसियाको एक इन्धन डिपोमा आगलागी : १७ जनाको मृत्यु, ५० बढी घाइते

    इन्डोनेसियाको एक इन्धन डिपोमा आगलागी : १७ जनाको मृत्यु, ५० बढी घाइते

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 558
    SHARES

    एजेन्सी । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा इन्धन भण्डारण डिपोमा आगलागी भएको छ । आगलागीमा परेर दुई बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

    घटनामा ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अघिकांश घाइतेहरुको शरीरका विभिन्न भाग जलेको अधिकारीहरुले बताएका छन् ।



    शुक्रबार इन्डोनेसियाको राज्य उर्जा कम्पनी पर्टामिनाद्वारा सञ्चालित इन्धन भण्डारण स्टेशनमा आगलागी भएपछि नजिकै रहेको आवास क्षेत्रमा आगो फैलिएको थियो । उत्तरी जकार्ताको तानाह मेराह नजिकैको घना बस्तीमा आगो फैलिएको हो ।



    आगो नियन्त्रण गर्नका लागि सेना, प्रहरी र स्थानीय सर्वसाधारण खटिएको त्यहाँको सरकारले जनाएको छ । आगलागी सुरु भएसँगै आवास क्षेत्रमा रहेका सर्वसाधारणलाई घर बाहिर निकालिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार