Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • खुकुरी प्रहार गरी नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

    खुकुरी प्रहार गरी नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 1.4K
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ ।

    सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो ।



    घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरीले जनाएको छ।



    बिहान ६ बजेतिर घटनाको विषयमा प्रहरीले जानकारी पाएको थियो । सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ।

    घटनामा संलग्न भएका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएर घटनास्थलको अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार