Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बार्दलीबाट खसेर सहायक हवलदारको मृत्यु

    बार्दलीबाट खसेर सहायक हवलदारको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    सप्तरी । बार्दलीबाट खसेर एक जना सहायक प्रहरी हवलदारको मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा कार्यरत सहायक प्रहरी हवलदार कृष्णमोहन सिंहको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार बिहान पौने ४ बजेतिर ड्युटी जानका लागि भर्‍याङ चढ्ने क्रममा पहिलो तलाको बार्दलीबाट खसेर हवलदार सिंह घाइते भएका थिए ।



    उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सिंह सर्लाहीको बलरा नगरपालिका–१० का बासिन्दा हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार