Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने जसपाको निर्णय

    प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने जसपाको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 486
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट अलग भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ।

    उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट छुट्टिएर गठन भएको जनता समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।



    राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले सोमबार मात्रै नयाँ पार्टीको मान्यता दिएको थियो। आयोगले नयाँ दलको मान्यता दिएलगत्तै उक्त पार्टीले संघीय संसद सचिवालयमा दल दर्ताको जानकारी दिएको थियो।



    त्यसपछि अध्यक्ष राईको अध्यक्षतामा बसेको संसदीय दल बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।

    जसपाका महासचिव मोहम्मद इस्तियाक राईले निकालेको विज्ञप्तिमा भनिएको छ,‘संसदीय दलको बैठकको निर्णयअनुसार प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय भएको छ।’

    प्रतिनिधि सभामा नवगठित जसपाका ७ जना सांसद हुनेछन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार