Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी

    सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 246
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

    प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा सभामुख घिमिरेले बोलाएका शीर्ष नेताको बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको हो ।



    छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागि छन् ।



    सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।

    प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार