Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • स्रोत नखुलेको ७ लाख बढी रकमसहित दुई जना पक्राउ

    स्रोत नखुलेको ७ लाख बढी रकमसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 1.3K
    SHARES

    संकेतिक तस्विर

    सप्तरी । प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ गरेको छ ।

    सप्तरी रूपनी नगरपालिका-१ खाडोपुलमा प्रहरीले अग्निसाइर कृष्णसवरण नगरपालिका-२ बस्ने २७ वर्षीया सिमा भन्ने सागरकुमारी चौधरी र लहान नगरपालिका १ बस्ने २६ वर्षीया चन्दा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।



    उनीहरूबाट ७ लाख ८६ हजार ५०० रुपैयाँ स्रोत नखुलेको नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरीको टोली खटिएको थियो।



    चेकिङ गर्नेक्रममा पूर्व जाँदै गरेको प्र।१-००-४८ प ३०९० नम्बरको स्कुटरको डिक्कीमा ७ लाख ५० हजार नगद र चालक सागरकुमारी चौधरीबाट ३६ हजार ५०० रुपैयाँ बरामद भएको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार