Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सप्तरीमा घर नजिकै भेटियो युवकको शव, हत्या भएको आशंका

    सप्तरीमा घर नजिकै भेटियो युवकको शव, हत्या भएको आशंका

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 639
    SHARES

    फाइल तस्विर

    सप्तरी। सप्तरीको हनुमाननगरमा एक युवकको हत्या भएको छ ।

    हनुमाननगर कंकालिनी नगरपालिका-१० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा फेला परेको हो ।



    हत्या भएका मण्डलका साथी हनुमाननगर कंकालिनी-११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन्।



    स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । तिलाठी कोइलाडी गाउँपालिका-७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन्।

    शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार