Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सप्तरीबाट १० क्विन्टल गाँजासहित एक जना पक्राउ

    सप्तरीबाट १० क्विन्टल गाँजासहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 717
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरी प्रहरीले १० क्विन्टल ६ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले शुक्रबार विहान पत्रकार सम्मेलन गर्दै गाँजासहित पक्राउ परेका चालक बिशेष राईलाई पक्राउ गरेको हो ।



    विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त टोलीले शुक्रबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका-७, कल्याणपुर चौकमा सवारीसाधन चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा नियन्त्रणमा लिएको थियो ।



    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार धनकुटाको सहिदभुमि नगरपालिका-४ का बिशेष राईले चलाएर ल्याएको को १ ख ५८३१ नम्बरको टिपरमा लोड रहेको बालुवाभित्र २८ वटा बोरामा पोका पारी राखिएको एक हजार ६ किलो गाँजा नियन्त्रणमा लिएको हो ।

    प्रहरीले चालक राईको साथबाट एक लाख रुपैयाँ नगद समेत बरामद गरेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार