Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्थतन्त्र चलायमान हुनेगरी बजेट ल्याउँछौं : अर्थमन्त्री पुन

    अर्थतन्त्र चलायमान हुनेगरी बजेट ल्याउँछौं : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 264
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान हुनेगरी बजेट ल्याउने बताएका छन् ।

    बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम,वित्त नीति र मौद्रिक नीतिमा तालमेल कायम गरिने बताए । उनले बजेट र मौद्रिक नीतिबीच सामजस्यता गरिने बताए।



    अर्थमन्त्री पुनले त्यसका लागि नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको बताए। गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आर्थिक वर्षभन्दा आगामी वर्ष थप चलायनमा हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको मन्त्री पुनले बताए ।

    पुनले संविधानले निर्दिष्ट गरेको नीतिभित्र बसेर राज्यका निश्चिित उद्धेश्य प्राप्तिका लागि सहकार्य गरिने उनले उल्लेख गरे । अर्थमन्त्री पुनले अर्थतन्त्रमा राम्रो गरिरहेका नीतिले निरन्तरता पाउने स्पष्ट गरे ।

    राज्य निजी क्षेत्रको अभिभावक भएकाले निर्धक्कसँग आफ्ना कुरा राख्य निजी क्षेत्रलाई आग्रह गरे । मुलुकको अवस्थितिअनुसारको आर्थिक नीति हनुपर्ने चर्चा गर्दै मन्त्री पुनले नेपालको भू–राजनीतिक अवस्थितिअनुसार तत्काल प्रवद्र्धन गर्नुपर्ने क्षेत्र सूचना प्रविधि भएको आफूहरूलाई लागेको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार