Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पुनको आग्रह

    नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पुनको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 231
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् ।

    अमेरिकी चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङटन डिसीमा अन्तरक्रिया गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेको भन्दै लगानीका लागि आग्रह गरे।



    भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो ।

    नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको अर्थमन्त्री पुनले बताए ।

    निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अनतर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुन सक्ने उनले उल्लेख गरे ।

    पछिल्लो समय नेपालको वैदेशिक मुद्रा सञ्चितीले उच्च बिन्दु कायम गरेको भन्दै उनले समग्रमा आर्थिक अवस्था राम्रो रहेको तथा आर्थिक गतिविधिहरु बढ्न थालेकाले अर्थतन्त्र दबाबमुक्त रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार