Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अर्थमन्त्री वर्षमान पुनले भने – निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ

    अर्थमन्त्री वर्षमान पुनले भने – निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 276
    SHARES

    काठमाठौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन्।

    आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरुसँग परामर्श गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । अर्थमन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए ।



    सरकारी श्रोतमा भएको सीमितताका कारण सरकारले टाइट गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउनुपर्ने चुनौती रहेको अर्थमन्त्री पुनको भनाइ थियो ।



    अर्थमन्त्री पुनले भने,‘अर्थतन्त्रमा केही सुस्तता छ । जनता र खास गरी युवाहरुको अपेक्षा धेरै माथि छ । निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाउन केही न केही बोल्ड निर्णय गर्नुपर्नेछ ।’

    अर्थमन्त्री पुनले बजेट बनाउनुअघि आफूले सम्वद्ध सबै क्षेत्रको सुझाव लिने उल्लेख गरे ।

    सरकार वा मन्त्री परिवर्तन हुँदैमा नीतिमा परिवर्तन गर्न नहुनेमा जोड दिँदै मन्त्री पुनले विगतका मन्त्रीहरुका असल अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार