Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द

    भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 315
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ ।

    भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो ।



    नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराए ।



    सूचनामा भनिएको छ, ‘‘मिति २०८१र०१र२३ गते आइतबारदेखि २०८१र०१र२५ गते मंगलवार सम्म ३ दिनको लागि भंगहा(जनकपुर जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार