Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • यात्रुको चापले जनकपुरदेखि भंगहासम्मको रेल सेवा बन्द

    यात्रुको चापले जनकपुरदेखि भंगहासम्मको रेल सेवा बन्द

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 795
    SHARES

    जकपुरधाम । विवाह पञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनलाई लक्षित गरी दुई दिन जकपुर जयनगर सेवा तालिकाबिना सञ्चालन हुने भएको छ।

    सोमबार बेलुकासम्मका लागि जनकपुरदेखि भंगहासम्म सञ्चालन भएको रेल सेवासमेत रेल्वे कम्पनीले स्थगित गरेको छ ।



    कम्पनीले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा स्थगित गरेको जानकारी गराएको हो ।



    सूचनामा लेखिएको छ, ‘मिति २०८०/०९/०३ गते बिहान भंगहाबाट जनकपुरतर्फ आउने रेल सेवा स्थगित गरिएको हुँदा यसबाट यात्रुमहानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमापार्थी छौ, साथै मिति २०८०/०९/०३ गते बेलुकादेखि जनकपुर भंगहा खण्डमा पूर्ववत् नियमित रुपमा रेल सेवा संचालन हुने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरो छ ।’

    भंगहादेखि जयनगरसम्म दिउँसो आउने र जाने गरी दुईपटक र जनकपुरबाट आउने जाने गरी चारपटक रेल सेवा नियमित सञ्चालनमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार