Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि, उद्घाटन गर्दै भौतिकमन्त्री ज्वाला

    जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि, उद्घाटन गर्दै भौतिकमन्त्री ज्वाला

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 618
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि विस्तार हुने भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो ।

    ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।



    उनका अनुसार जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्नेछन् ।



    अहिले जनकपुरधामदेखि जयनगरसम्म ३४ किलो मिटरमा रेलले सेवा दिइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार