Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • किनिए दुईवटा रेल, व्यावसायिक रूपमा गुड्ने एउटा मात्रै

    किनिए दुईवटा रेल, व्यावसायिक रूपमा गुड्ने एउटा मात्रै

    अनलाइन नेपाल
  • बुधबार, २१ बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ गरी राखिएको छ ।

    सेवा सञ्चालनका लागि दुईवटा रेल सेट खरिद गरिए पनि अहिलेसम्म एउटा रेल मात्र व्यावसायिक रूपमा गुड्न सकेको छ । एक अर्ब तीन करोड रुपियाँमा किनिएका दुई रेलमध्ये एउटा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०७८ चैत १९ गते संयुक्त रूपमा भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गरेका थिए । त्यसपछि चैत २० गतेदेखि दुईवटामध्ये एउटा रेल यात्रुसहित व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो ।



    दुई सेट रेलमध्ये अहिलेसम्म अर्को रेल किन सञ्चालनमा आउन सकेन भन्ने जिज्ञासामा रेल विभागका महानिर्देशक दीपक भट्टराईले सो रेल्वे खण्डमा मात्र एक सेट रेल नै सञ्चालनमा आउने स्पष्ट पारे । उनले भने, “दुईवटा रेल सेटमध्ये एउटा ‘सर्भिसिङ’ मा गएपछि मात्र अर्को सञ्चालनमा ल्याइने हो ।



    अहिले सञ्चालनमा रहेको रेल ‘सर्भिसिङ’ वा मर्मत सम्भारमा गएपछि मात्र पार्किङमा राखिएको रेल सञ्चालनमा आउने हो ।” उनले अगाडि भने, “दुईवटा रेल ल्याएका कारण नै त्यही हो । एउटा चल्ने अर्को स्ट्यान्डबाई बस्ने हो । एउटा सर्भिसिङमा गएको बेला अर्को चल्ने हो । सिस्टमै त्यही हो । सर्भिसिङमा गएको बेला वा बिग्रेको बेला सेवा रोक्ने कुरा त हुँदैन नि । त्यही भएर एउटा स्ट्यान्डबाई राखिएको हो ।” गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार