Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आगामी आर्थिक वर्षका लागि आशावादी बजेट बनाउँदैछौं : अर्थमन्त्री पुन

    आगामी आर्थिक वर्षका लागि आशावादी बजेट बनाउँदैछौं : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 228
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आशावादी बनेर आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बनिरहेको बताएका छन्।

    नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको प्रिबजेट छलफलमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।



    बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग सरकारले अन्तक्रिया गरिसकेको र सो क्रममा सबैतिरबाट अर्थतन्त्र शिथिलता छ भन्ने सुनिएको बताए ।



    गत वर्षभन्दा सुधारोन्मुख अवस्था रहेका कारण आशावादी रहेर बजेट बनाइरहेको उनले बताए । प्रश्न उठेकै आधारमा अपराधी बनाउने आँखाले हेर्न छोड्नु पर्ने भन्दै उनले मनोबल उठाउने कोसिस गरिने बताए ।

    मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने अर्थमन्त्री पुनको भनाइ छ । लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको स्मरण गर्दै उनले यसमा सरकार निजी क्षेत्रसँगै रहेको बताए ।

    औद्योगिक वातावरण बनाउन बजेटले भूमिका खेल्ने उनको भनाइ छ । सरकारका पनि आफ्नो सीमाहरू रहेको भन्दै यसलाई फुकाउँदै जानुपर्ने अर्थमन्त्री पुनले बताए ।

    वित्तीय नीति र मौद्रिक नीतिमा तालमेल मिलाउनु पर्ने सुझावमा आफूसहमत रहेको उनले बताए । अर्थमन्त्री पुनले यसपटक नीति कार्यक्रम, बजेट र मौद्रिक नीति फरक बाटोमा नजाने आश्वासन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार